कालिकोट । अखिल नेपाल फुटबल सङ्घ एन्फाको कार्यसमिति बैठक संचालन भएको छ । एन्फाको केन्द्रीय कार्यालय सातदोबाटोमा बैठक शुरू भएको हो । बैठकमा २३ वटाभन्दा धेरै एजेन्डा रहेको बताइएको छ ।नयाँ आधुनिक फुटबल रङ्गशाला निर्माण, फिफा र एएफसीको अनुदानबाट भौतिक पूर्वाधार निर्माण तथा अन्य क्षेत्रमा बजेट विनियोजन, पुरुष राष्ट्रिय टिमको मुख्य प्रशिक्षक, नयाँ सदस्य संस्था गठन, शहीद स्मारक ‘बी’ डिभिजन लिग फुटबल प्रतियोगिताको बजेट, आर्थिक वर्ष २०८१र८२ को वार्षिक बजेट र कार्यक्रमको बारेमा छलफल हुने जनाइएको छ ।