कालिकोट । जितगढी युद्धको सम्झनामा मंगलबार रणउजिरेश्वरी भगवतीको रथयात्रा (भगवती जात्रा) निकालिँदै छ। दिउँसो साढे १२ बजे रथ उठाउने साइत जुरेको छ।जात्रा अवलोकन गर्न राष्ट्रपति रामचन्द्र पौडेल आउँदैछन्। उनी बिहान ११ बजे तानसेन आइपुग्ने पाल्पाका प्रमुख जिल्ला अधिकारी आनन्द काफ्लेले जानकारी दिएका छन्।जात्राको अवलोकनसँगै राष्ट्रपतिले भगवती मन्दिरमा पूजाआराधना गर्ने कार्यक्रम तय भएको छ। त्यसलगत्तै उनले तानसेनस्थित आर्मी ब्यारेक दि फेमस महिन्द्र दल गणमा खानाखाने छन्। यसपछि पाल्पाबाट निर्वाचित जनप्रतिनिधि लगायतका सरोकारवाला निकायसँग भेटघाट गर्ने कार्यक्रम तय भएको प्रजिअ काफ्लेले बताएका हुन्।भगवती जात्रा अवलोकनका लागि लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य पनि आउने छन्। अन्य प्रदेश मन्त्री, पाल्पाबाट निर्वाचित संघीय सांसदको जात्रामा सहभागिता रहने भएको छ।