आज देशका तिन वटा प्रदेशमा भारी वर्षाको सम्भावना

कालिकोट । देशभर मनसुनी वायुको प्रभाव रहँदा कोशी प्रदेशका एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ।मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा पश्चिमतिर सरदर स्थानको दक्षिणतिर र पूर्वतिर सरदर स्थानको आसपासमा छ।दिउँसो कोशी, बागमती र लुम्बिनी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।कोशी, बागमती र लुम्बिनी प्रदेशको एकदुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको बताईएको छ।

 

error: Content is protected !!