कालिकोट । इकोहिमाल नेपालको आयोजनामा कृषकहरु लाई प्रांंगारीक प्रमाणीकरणका लागी पीजीएस व्यवस्थापन तालिम संचालन भएको छ । कालिकोट जिल्लाको महावै गाउँपालिका र खाँडाचक्र नगरपालिकाका सवै गरी १८ जना अगुवा कृषकहरु लाई आजबाट काभ्रेपलाञ्चोक जिल्लाको धुलीखेलमा तालिम संचालन गरीएको हो । आज यक कार्यक्रमका बिच धुलिखेल नगरपालिका–११ का वडा अध्यक्ष नारायण प्रसाद बडालले तालिमको उद्घाटन गर्नु भएको हो । ५ दिने तालिमको प्रशिक्षण बिबेक धितालले दिनुहुने भएको छ । कर्णाली प्रदेशलाई अगार्निक प्रदेश घोषणा गरीएको सन्दर्भमा अर्गानिक उत्पाद्नका मापदण्ड र प्रकृयाहरु को बारेमा जानकारी दिने, कृषकहरुले उत्पाद्न गरेको बस्तुलाई अर्गानिक हो भनेर कुन आधारमा छुटयाउने लगाएतका अन्य थुप्रै महत्वपुर्ण जानकारी दिने उद्देश्यले तालिम आयोजना गरीएको इकोहिमाल नेपालका कार्यकारी निर्देशक नारायण ढकालले बताउनु भएको छ ।तालिममा सहभागी कृषकहरुले आफुले सिकेका कुराहरु इकोहिमाल नेपाल र स्थानिय सरकार संग सहकार्य गरेर गाउँमा अन्य किसानहरुलाई समुह गत रुपमा सिकाउनु समेत पर्ने छ । उक्त तालिम धुलिखेलका रहेको आफ्नै स्रोत केन्द्र पातलेखेत कृषि वन स्रोत केन्द्रमा संचालन भएको छ भने तालिम आगामी भाद्र १३ गते चल्ने कार्यकारी निर्देशक ढकालले जानकारी दिनु भएको छ ।