कास्कीमा बस दुर्घटना

कालिकोट । कास्कीको पोखरामा स्कुल बस दुर्घटना भएको छ।शुक्रबार दिउँसो पोखरा महानगरपालिका–१७ को घारीपाटन चोकमा स्कुल बस अनियन्त्रित भई दुर्घटना हुँदा एक जना घाइते भएका छन् ।पोखरा ८ मा रहेको न्यू मोडल सेकेन्डरी स्कुलको ग १ क ४६६१ नम्बरको बस रोडबाट तल रोकिराखेका ट्याक्सीमाथि खसेको थियो। दुर्घटनामा बस चालक पोखरा ९ बस्ने ५४ वर्षीय दलबहादुर गुरुङ घाइते भएका प्रहरी निरीक्षक किरण थापाले जानकारी दिए।उनका अनुसार दिउँसो ३ बजेतिर अनियन्त्रित बनेको बसले मोडमा तीन ट्याक्सीलाई ठक्कर दिएको थियो । बसले ठक्कर दिँदा ग १ ज २९३४, ग १ ज २२४१ र ग १ ज ४१८० नम्बरको ट्याक्सीमा क्षति भएको छ ।

 

error: Content is protected !!