कालिकोट । चाडपर्वमा प्रशासनको अनुमतिविना नाचगान गर्न जिल्ला प्रहरी कार्यालय रौतहटले रोक लगाएको छ ।जिल्ला प्रहरी कार्यालय रौतहटको प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायव उपरीक्षक एलिजा गिरीले आज प्रेस नोट जारी गर्दै यस्तो जानकारी गराएकी हुन् ।अधिकार प्राप्त अधिकारीरनिकायको अनुमतिविना विभिन्न चाडपर्वको नाममा गाउँगाउँमा दिन र रातको समयमा अश्लीलता झल्किने किसिमका भोजपुरी गीत गाउने, लवण्डा नचाउने, आर्केस्टा नचाउने, मनोरञ्जनको नाममा जुवा जेल्नेरखेलाउने जस्ता कारण विभिन्न ठाउँमा एक आपसमा झैझगडा तथा कुटपिट गर्ने, ढुङ्गामुढा गर्ने, विभिन्न मानिसको धन सम्पत्ति क्षति हुन गएको कारण यस प्रकारको निर्णय लिइएको उनको भनाइ छ ।