कालिकोट । हिजो अहिलेसम्मकै उच्च मूल्य भएको सुन आज तोलामा ११ सय रुपैयाँले घटेको छ । विहिबार सुन तोलाको एक लाख ५१ हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुन अहिलेसम्मकै उच्च तोलाको एक लाख ५३ हजार रुपैयाँ भएको थियो ।