कैलालीमा बाढीले गर्दा जनजीवन प्रभावित

कालिकोट । निरन्तरको वर्षाका कारण कैलालीको भजनी नगरपालिकाका धेरै क्षेत्र डुबानका कारण जनजिवन प्रभावित बनेको छ । आफ्ना घरआँगन जलमग्न भएपछि नगरवासी प्रभावित भएका छन् । हिजोदेखिको वर्षाले कान्द्रा, मोहना, काढा र पथरैया नदी बस्तीमा पसेपछि नगर क्षेत्रको जनजीवन प्रभावित भएको हो ।पूर्णरूपमा डुबानमा परेकाहरूलाई सुरक्षित ठाउँमा स्थानान्तरण गरिएको स्थानीयवासी खेमराज पाण्डेले जानकारी दिनुभयो । नगरपालिकाको वडा नम्बर ८ धेरै प्रभावित भएको छ । यो वडाका स्थानीयवासीलाई नजिकका अग्ला भवन, विद्यालय र हुलाकी सडकमा व्यवस्थापन गरिएको छ ।

 

error: Content is protected !!