पुँजी बजारमा भएको सुधारले जनतामा आशा जगाएको प्रधानमन्त्री ओलीको भनाई

कालिकोट । प्रधानमन्त्री केपी शर्मा ओलीले पुँजी बजारमा उल्लेख्य सुधार हुनु राष्ट्रका घोषित उद्देश्य पूरा गर्न सरकारले लिएको नीतिको सकारात्मक संकेत भएको बताएका छन्।बिहीवार प्रतिनिधि सभामा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्। उनले पुँजी बजारको सुधार र निजी क्षेत्रमा लगानी गर्ने मनोबलसहित उत्साह देखिनु सकारात्मक पक्ष भएको बताएका हुन्।उनले जनतामा रहेको निराशालाई आशामा बदल्ने प्रयासमा सरकार रहेको बताए। प्रधानमन्त्री ओलीले सरकार गठन भएको छोटो समयमा केही परिणाम देखिन थालेको बताएका छन्।

 

error: Content is protected !!