कालिकोट । भारतको पाँच दिने भ्रमण पूरा गरी परराष्ट्रमन्त्री आरजु राणा देउवा बिहीबार स्वदेश फर्किँदै छिन्। अपराह्न ४ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्ने उनको सचिवालयले जनाएको छ।भारतीय समकक्षी एस। जयशंकरको निम्तोमा उनी आइतबार भारत भ्रमणमा निस्केकी थिइन्। परराष्ट्रमन्त्री राणाले प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री जयशंकर र भाजपा विदेश विभाग प्रमुख डा। विजय चौथाइवालेलगायतसँग भेटवार्ता गरेका छन्।