कालिकोट । मकवानपुरको मनहरीमा भैँसीले बाघ मारेको छ। बिहीबार बिहान सवा ३ बजे मनहरी गाउँपालिका ६ प्रतापपुरस्थित बलबहादुर राईको गोठमा बाघ मृत भेटिएको हो।बाघले आक्रमण गरी गोठमा रहेको भैँसीलाई पनि घाइते बनाएको छ। घटनाबारे जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय मनहरीबाट प्रहरी र पर्सा वन्यजन्तु आरक्ष सुरक्षार्थ खटिएको मध्यवर्ती क्षेत्र पदमपोखरी सेक्टर लामिटार व्यारेकबाट नेपाली सेनाको टोली घटनास्थल पुगेको थियो ।घटनाको प्रकृति हेर्दा बाघ बुढो रहेको र भैँसीले हान्दा मृत्यु भएको जस्तो देखिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता डीएसपी लक्ष्मी भण्डारीले बताए।