पाठेघरको शल्यक्रिया गर्ने क्रममा एक जना महिलाको ज्यान गयो

कालिकोट । चितवनको भरतपुर अस्पतालमा उपचाररत महिलाको ज्यान गएपछि आफन्तले चिकित्सकले लापरबाही गरेको भन्दै छानबिन गर्न माग गरेका छन् ।भरतपुर महानगरपालिका वडा नम्बर १२ की ३९ वर्षीया सम्झना काफ्लेको पाठेघरमा मासु पलाएपछि शल्यक्रियाका लागि हिजो भरतपुर अस्पतालमा भर्ना गरिएको थियो ।शल्यक्रियाका लागि तयारी गर्न लठ्याउने सुई (एनेस्थेसिया) लगाइएको थियो । लठ्याउने सुई लगाएपछि होस नआई राति ९ बजे ज्यान गएको हो । पाठेघरमा सिस्ट भएपछि उहाँको अप्रेशन गरेर बायोप्सी निकाल्न लागिएको थियो ।

 

error: Content is protected !!