कालिकोट । हुम्लामा बोलेरो जिव दुर्घटना हुदाँ ७ जना घाइते भएका छन् । आज बिहान ८ बजेर १० मिनेटमा कर्णाली प्रदेश २००१ च ०९२२ नं को बोलेरो जिव चंखेली गाउँपालिका –२ गौरीसल्ला बाट देउती बजार तफै जाँदै गरेको जिव दुर्घटना भएको हो । जिव मोडमा ब्याग गर्ने क्रममा सडक देखी १५० मिटर तल खसेको बताइएको छ । दुर्घटनामा परेका ५ जनाको अवस्था सिरियस र २ जनाको अवस्था मध्यम रहेको प्रहरी नायव निरिक्षक रमेश बहादुर रावलले बताएका छन् । घाइते हुनेहरुमा सोही वडाका ३५ वर्षिय सुरेन्द्र शाही, ५० वर्षिय तिल बहादुर शाही, १५ वर्षिय नविन शाही, ३५ वर्षिय मायादेबी शाही, मुगु छाँयानाथ नगरपालिका १३ बस्ने ४० वर्षिय पृथ्बि रावत, सोही ठाउँकै गाडी साहु ३५ वर्षिय रमेश मल्ल बाजुरा जिल्ला बुढिगंगा नगरपालिका ४ बस्ने चालक २५ वर्षिय महेन्द्र बिक्रम शाह रहेको प्र.ना.नि रावलले जानकारी दिनु भएको ।