अविरल वर्षाका कारण कर्णाली राजमार्ग अवरुद्ध

कालिकोट । अविरल वर्षाले कर्णाली राजमार्ग अवरुद्ध भएको छ।सुर्खेत(जुम्ला सडक खण्ड अन्तर्गत कालिकोटको एस मोड र हुल्ममा पहिरो जाँदा आज बिहानैदेखि राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको सडक डिभिजन कार्यालय जुम्लाका सूचना अधिकारी वीरबहादुर जिटीले जानकारी दिएका छन्।बाढी पहिराले बन्द भएका सडक खुलाउने प्रयास भइरहेको छ। छिटोभन्दा छिटो सडक सञ्चालनमा आउनेगरी काम भइरहेको सूचना अधिकारी जिटीले बताएका हुन्।वर्षाका कारण कर्णाली राजमार्गअन्तर्गत कालीकोट खण्डको दहीखोला, गगनेखोला, एसमोड र हुल्ममा बारम्बार पहिरो जाने गरेको छ। यी जोखिम ठाउँमा सरकारको ध्यान जान नसक्दा कर्णालीका नागरिकले दुस्ख पाउने गरेका छन्।सडक बन्द हुँदा यात्रु अलपत्रमा परेका छन्।

error: Content is protected !!