कालिकोट । काठमाडौँ उपत्यकाका तीनै शहरमा नेवार समुदायले मनाउँदै आएको गाईजात्रा पछिल्लो समय उपत्यकाबाहिर पनि मनाउने गरिएको छ।गाईजात्रा वर्षभरि निधन भएका आफन्तको सम्झनामा मनाइने पर्वका रूपमा परिचित रहेको छ। दुई दशकअघिदेखि भने समलिङ्गी, तेस्रो लिङ्गी, अन्तरलिंगी अर्थात् यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले पनि गाईजात्रालाई उत्सवको रूपमा मनाउन थालेका छन्।काठमाडौँको पनि ठमेलदेखि वसन्तपुरसम्म र्याली निकाल्ने, मैनबत्ती बाल्ने, नाचगान हुने गरेकोमा गत वर्षदेखि कीर्तिपुरमा पनि समलिङ्गी तेस्रो लिङ्गीहरूले गाईजात्रा उत्सव मनाउन थालेका छन्।तेस्रो लिङ्गीलाई नबुझेर बलात्कार गरेर फालिदिएको घटना अहिले पनि भइरहेको उनीहरूले सुनाए। तेस्रो लिङ्गी व्यक्तिहरूले आफ्नो ज्यान जोखिममा पारेरै अहिलेसम्म समाजको अगाडि खुलेर आएको बताएका छन्।