कालिकोट । दाङको घोराही उपमहानगरपालिकाले संस्थागत विद्यालयका कक्षा ११ र १२ मा एक सय ९४ जना विद्यार्थीलाई निःशुल्क छात्रवृत्तिको व्यवस्था गरेको छ ।उपमहानगरपालिकाले सार्वजनिक सूचना जारी गरेर माध्यमिक शिक्षा परीक्षा ९एसईई० को नतिजामा ल्याएको जीपीएका आधारमा फाराम भर्न आह्वान गरी विद्यार्थीलाई निःशुल्क अध्ययन गर्न पाउने व्यवस्था गरेको हो । उपमहानगरपालिकाभित्र रहेका १७ वटा कक्षा १२ सञ्चालित संस्थागत विद्यालयमा ती विद्यार्थीलाई कक्षा ११ र १२ अध्ययनका लागि कुनै पनि शुल्क नलाग्ने भएको छ ।