शिक्षा र स्वास्थ्य महँगो भयो, शेखर कोइराला

कालिकोट । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले नेपालको शिक्षा र स्वास्थ्य उपचर महँगो भएकाले सरकारले यसमा ध्यान दिन आग्रह गरेका छन्।मंगलवार काठमाडौँमा आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन्। उनले संविधानमा सहज शिक्षा र स्वास्थ्य निःशुल्क लेखे पनि कार्यान्वयन गर्न नसकेको बताएका छन्।उनले शिक्षा र स्वास्थ्य हुने खानेले मात्रै गर्ने हो भन्ने हिसाबले अघि बढिरहेको भन्दै दुःख व्यक्त गरे। उनले शिक्षा र स्वास्थ्यको महँगी हटाउनुपर्ने बताए।उनले सरकारी विद्यालयम समेत अध्ययन गर्न नसक्ने अवस्था आइसकेको भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन्।

error: Content is protected !!