कालिकोट । पोखरा महानगरपालिकाले माछा र मासु पसलमा थाल्यो अनुगमन गरेको छ । अनुगमनका क्रममा पोखराका केही फ्रेस हाउसहरूमा कुहिएका माछा र मासु बिक्री गरेको पाइएको छ । पोखरा महानगरपालिकाको अनुगमन समितिले गरेको अनुगमनका क्रममा यस्तो भेटिएको हो ।चाडपर्व नजिकिएपछि महानगरले आइतबारदेखि अनुगमन सुरु गरेको छ । मूल्यवृद्धि, मिसावट र जनस्वास्थ्यमा असर पर्ने मासुजन्य खाद्यवस्तुको अनुगमन गरिएको उपमेयर मन्जुदेवी गुरुङले जानकारी दिइन् । उनका अनुसार उपभोक्ताहरूले धेरै नै गुनासो गरेपछि अनुगमन थालिएको हो ।आइतबार पोखराको श्रीकम्पलेक्स, सृजनाचोक र पृथ्वीचोकमा रहेका १७ वटा माछा र मासु पसलमा अनुगमन गरेको गुरुङले जानकारी दिइन् । अनुगमनका क्रममा केही पसलहरूमा कुहिएर खाना नहुने माछा र मासु जफत गरिएको छ ।२ सय १९ किलो माछा र १५ किलो खसीको मासु बरामद गरिएको अनुगमन टोलीले जनाएको छ । जफत गरिएको माछा र मासु भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कास्कीको जैविक डिस्पोजल पिटमा डिस्पोज गरिएको छ ।अनुगमन गरिएका १७ वटा मध्ये १० वटा माछा पसललाई १५ हजारदेखि ५० हजारसम्म जरिवाना गरिएको छ । एकैदिनको अनुगमनमा २ लाख ५५ हजार जरिवाना गरिएको महानगरका सहकारी तथा उद्योग शाखा अधिकृत ऋषिराम सापकोटाले जानकारी दिए ।