गण्डकीमा डेंगु सङ्क्रमण बाट तीनजनाको मृत्यु

कालिकोट । गर्मी र वर्षायामसँगै बढिरहेको डेंगुको सङ्क्रमणका कारण गण्डकी प्रदेशमा तीन जनाको मृत्यु भएको छ।स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका अनुसार पछिल्लो पटक गत बिहीवार पोखराको फिस्टेल अस्पतालमा उपचाररत एक जना ५२ वर्षीया महिलाको मृत्यु भएको हो। बिरामी भएपछि उपचारका लागि बिहीवार विहान अस्पतालमा पुगेकी ती महिलाको सोही दिन मृत्यु भएको हो।निर्देशनालयका वरिष्ठ स्वास्थ्य शिक्षा अधिकृत नवराज शर्माका अनुसार यसअघि गत साउन १० गते तनहुँको व्यास नगरपालिका–७ का ४८ वर्षीय पुरुषको उपचारकै क्रममा पोखरास्थित गण्डकी मेडिकल कलेजमा र साउन ३१ गते कास्कीको पोखराका ४० वर्षीय एक पुरुषको उपचारकै क्रममा पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा मृत्यु भएको थियो।

 

error: Content is protected !!