मुलुकमा छिट्टै शतप्रतिशत विद्युत् पुगेको घोषणा हुने घिसिङको दावी

कालिकोट । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले छिट्टै मुलुकमा सतप्रतिशत विद्युतिकरण घोषणा हुने बताका छन्।शनिबार नेपाल विद्युत प्राधिकरणको ३९ औँ वार्षिकोत्सव समारोहमा बोल्दै कार्यकारी निर्देशक घिसिङले मुलुकमा सतप्रतिशत विद्युतिकरण भएको घोषणा हुने अवस्थामा पुगेको बताएका हुन्।उनले ८ वर्षअघि करिब ५८ प्रतिशत घरधुरीमा मात्र पुगेको विद्युत सेवा अहिले करिब ९९ प्रतिशतभन्दा बढीमा पुगेको भन्दै सरकारले सञ्चालन गरेको उज्यालो नेपाल अभियानको सबैभन्दा ठूलो सफलता नै यही भएको बताए। कार्यकारी निर्देशक घिसिङले प्राकृतिक र प्राविधिक कारणले केही क्षण बत्ती जाने र आउने हुने गरेको भन्दै लोडसेडिङ भने इतिहासको विषय भइसकेको बताए।

 

 

error: Content is protected !!