कालिकोट । मानव अधिकारकर्मीको कडा विरोधको बीच राष्ट्रसंघका सदस्य राष्ट्रहले साइबर अपराधविरूद्धको अभिसन्धि अनुमोदन गरेका छन् । न्युयोर्कमा तीन वर्षको वार्ता र अन्तिम दुई हप्ताको छलफलपछि सदस्यद्वारा अनुमोदित साइबर अपराधविरुद्धको संयुक्त राष्ट्रसङ्घीय अभिसन्धिलाई औपचारिक स्वीकृतिका लागि महासभामा पेश गरिनेछ ।अभिसन्धिको मस्यौदा समितिको अध्यक्ष अल्जेरियाली कूटनीतिज्ञ फौजिया बौमाइजा मेबार्कीले प्रस्ताव स्वीकृत भएपछि सहभागी सदस्य राष्ट्रलाई धन्यवाद दिनुभएको एएफपीले जनाएको छ ।