घरको छतमा खेल्ने क्रममा करेन्ट लागेर बालक मृत्यु

कालिकोट । घरको छतमा खेल्ने क्रममा करेन्ट लागेर एक जना बालकको मृत्यु भएको छ । ईशनाथ नगरपालिका(४ मठिया टोल बस्ने महमद साहबानको छोरा ६ वर्षीय महमद सुलतानको करेन्ट लागेर हिजो बिहान मृत्यु भएको हो ।आफ्नै घरको छतमा खेल्ने क्रममा विद्युतीय तारमा छुन गई करेन्ट लागेर गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल गौरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

error: Content is protected !!