कालिकोट । महालेखा परीक्षकको कार्यालयको विज्ञ टोलीले राजनीतिक दलको आयव्ययको लेखा परीक्षण शुरु गरेको छ। निर्वाचन आयोगको आग्रहबमोजिम कार्यालयबाट खटिएका तीन विज्ञ कर्मचारीको टोलीले राजनीतिक दलको आव २०७९र८० को लेखा परीक्षणको जाँचबुझ शुरु गरेको हो।शनिबारको गोरखापत्र दैनिकमा समाचार छ, राजनीतिक दलले बुझाएको आयव्ययको विवरण अपारदर्शी र शंकास्पद देखिएपछि आयोगले गत वर्षदेखि जाँचबुझ गर्न थालेको हो।