दुई वर्षभित्र देशलाई काठमा आत्मनिर्भर बनाउँछौँ ,वन तथा वातावरणमन्त्री

कालिकोट । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले वन ऐनअनुसार वनको एकीकृत रणनीतिक योजना तयारीलाई प्राथमिकतामा राखेको बताएका छन्।शुक्रवार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले नीतिगत तहमा दीगो वन व्यवस्थापन मापदण्ड स्वीकृति, कार्यन्वयन गर्ने र वन ऐनअनुसार वनको एकीकृत रणनीतिक योजना तयारीलाई प्राथमिकतामा राखेको बताए।मन्त्री ठकुरीले काठ, दाउरा उत्पादन वृद्धि, काठ आयात प्रतिस्थापन गरी दुई वर्ष भित्रमा काठमा आत्मनिर्भर बन्ने र पाँच वर्षमा काठजन्य सामग्रीको आयात प्रतिस्थापन गर्ने बताए।

error: Content is protected !!