कालिकोट । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपालमा वन क्षेत्र बढाउने योजना आवश्यक नरहेको बताएका छन्।शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन्। उनले नेपालमा खेती गर्न छोडेसँगै वन क्षेत्र बढिरहेकाले वन क्षेत्र बढाउने योजना बनाउन आवश्यक नरहेको बताए। उनले नेपाल उर्वर भूमि रहेकाले बोटबिरुवा आफैँ उम्रिने र हरियाली बढ्ने अवस्था रहेको बताए।उनले मानिसहरूले खेती गर्न छोडेसँगै जनावरहरु सो क्षेत्रमा वनको रुपमा उपयोग गरी बस्न थालेको बताए। उनले वन क्षेत्र विस्तार गर्नेकुरा अब नेपालको चासोको विषय बनाइ रहन आवश्यक नरहेको बताए।