बङ्गलादेशमा निर्यात गर्न लोड गरिएका कन्टेनर नाकामै रोकिए

कालिकोट । बङ्गलादेशमा निर्यात गर्न लोड गरिएका ११ वटा मोलासिसका कन्टेनर पूर्वी नाका काँकरभिट्टामा रोकिएका छन्।बङ्गलादेशमा सरकारी सेवामा कायम गरिएको आरक्षण प्रणालीको विरोधमा चर्किएको आन्दोलनको प्रत्यक्ष प्रभाव नेपाल बङ्गलादेश व्यापारमा समेत् परेको हो।गत असारको अन्तिमबाट ठप्प भएको बङ्गलादेशसँगको व्यापार केही दिनदेखि सामान्य अवस्थामा फर्किन थालेको थियो। फेरि आजदेखि तीन दिनका लागि बन्द भएको छ।नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेड शाखा कार्यालय काकरभिट्टाका प्रमुख सुवास पाण्डेयका अनुसार नेपाल, भारत, भूटानको त्रिदेशिय नाका फुलबारी–बङ्लाबन्धमा केही कन्टेनर रोकिएका छन्।

 

error: Content is protected !!