कालिकोट । बङ्गलादेशका प्रधानमन्त्री शेख हसिनाले पदबाट राजीनामा दिएको सेनाप्रमुख वाकर–उज–जमानले सोमबार दिउसो जानकारी गराएका छन्।प्रधानमन्त्री हसिनाको राजिनामाको माग गर्दै गरिएको आन्दोलनमा ढाकामा व्यापक सहभागितापछि प्रधानमन्त्री हसिनाले पदबाट राजिनामा दिएकी हुन्। उनले आफ्नो व्यक्तिगत सुरक्षालाई मध्यनजर सरकारी निवास गणभवन छोडेर सुरक्षित स्थानमा गएकी छन्।बङ्गलादेशमा सरकारी जागिरमा आरक्षण कोटा प्रणालीको विरोध गर्दै बिद्यार्थी समूहले सुरू गरेको आन्दोलनले सफलताको उत्कर्ष पार गर्दै प्रधानमन्त्री हसिनालाई राजिनामा दिन बाध्य बनाएको हो।