कालिकोट । नेपाल कम्युनिस्ट पार्टी को केन्द्रिय नीति अनुसार एक संगठन एक उत्पादन नीति अनुरुप नेपाल कम्युनिस्ट पार्टी सुभकालिका गाउँ कमिटि ले पनि गाउँपालिको वडा नं २ भर्ता मा कोदो रोपाइँ सुरु गरेको छ । “खाली जमिन खनौ, बेरोजगार युवाहरु देशमै रोजगार बनौं” भन्ने मुल नारा सहित नेकपा सुभकालिकाले पनि कोदो उत्पादन सुरु गरेको हो । कोदो रोपाइँ कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी कालिकोट जिल्ला सचिवालय सदस्य तथा गाउँपालिका ईन्चार्ज तुफान सि, गाउँपालिका सेक्रेटरी धर्मेन्द्र सि जिल्ला कमिटी सदस्य कमल सि, अखिल समाजबादी जिल्ला उपाध्यक्ष रोशन सि र अन्य गाउँ कमिटी सदस्यहरु लगाएतको सहभागिता रहेको थियो । उक्त कादो रोपाइँ कार्यक्रम मा बोल्दै ईन्चार्ज तुफान सि ले नेकपा को उत्पादनको कार्यनीतिले समाजमा रहेका प्रगतिशील युवायुवतीहरु लाभान्बीत भएको तथा पार्टी लाई सहयोग र समर्थन गर्ने जनताहरुको लहर लागेको बताय । नेपालका अन्य राजनीतिक दलका नेता कार्यकर्ताले यो नीति लिने हो भने नेपाल देश परनिर्भरतामा बाँन्च नपर्ने र नेपालका राजनीति दलहरुले नेकपा बाट सिक्न पर्ने कुराहरू धेरै भएको बतायका छन् ।