बाँझो जग्गा सदुपयोग गर्न भोजपुरका कृषकले थाले फलफूल खेती

कालिकोट । बाँझो रहेका जग्गाको सदुपयोग गर्दै भोजपुरका कृषकहरु फलफूल खेतीमा जुट्न थालेका छन् । वषौँदेखि बाझिएका खेतीयोग्य जमिनमा लगाएको फलफूल खेतीबाट पर्याप्त आम्दानी हुन थालेपछि कृषक उत्साहित भएका हुन् ।ड्रागन फ्रुटको माग बढेसँगै भोजपुर नगरपालिका–१२ टक्सारको पिप्लेमा बाँझो रहेको एक सयभन्दा बढी रोपनी जग्गा भाडामा लिई ‘भोजपुर ड्रागन फ्रुट कम्पनी’ले व्यावसायीकरुपमा खेती गरेको छ । झण्डै ५० रोपनी जग्गामा अहिले ड्रागन फ्रुटको खेती गरिएको छ । ड्रागन फ्रुटका आठ हजार बिरुवा रोपिएको सञ्चालक एक्सन राईले बताएका छन् ।

error: Content is protected !!