कालिकोट । मानव अधिकार तथा वातावरण विकास केन्द्र (हुरेन्डेक) नेपालले स्थापनाको २८ औं वार्षिकोत्सव कार्यक्रम बुधवार सम्पन्न गरेको छ । जिल्ला समन्वय समितिको सभाहलमा आयोजित समारोहमा संस्थाका अध्यक्ष जजराज शाहीले अध्यक्षता ग्रहण गरेका थिए । प्रमुख जिल्ला अधिकारी गणेश नेपालीको प्रमुख आतिथ्यता, जिल्ला स्थित सम्पुर्ण सरकारी तथा गैर सरकारी संस्थाका प्रमुख तथा प्रतिनिधी, सम्पुर्ण राजनितिक दलका प्रमुख तथा प्रतिनिधी, जनप्रतिनिधि, हुरेन्डेक नेपाल तथा साझेदारी संस्थाका कर्मचारी लगाएतको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो ।
वार्षिकोत्सव कार्यक्रमको संचालन संस्थाका उपाध्यक्ष बिरेन्द्र बहादुर बुढाले गरेका थिए भने संस्थाका महासचिव दान बहादुर विश्वकर्माले अतिथिहरु लाई स्वागत मन्तब्य राखेका थिए । शुभकामना मन्तब्यको क्रममा बोल्ने सम्पुर्ण बक्ताहरुले संस्थाले अहिले सम्म गरेका काम कार्यहरु अत्यन्तै महत्वपुर्ण र प्रभावकारी भएको बताएका थिए । मानव अधिकार तथा वातावरण विकास केन्द्र(हुरेन्डेक) नेपाल २०५३ सालमा स्थापना भई कालिकोट जिल्लामा दर्ता भएको एक गैर सरकारी संस्था हो । उक्त संस्थाले सामाजिक बिकासमा स्नानिय स्तरमा सहयोग र सहकार्य गरेर अगाडी बढी रहेको छ ।
हुरेन्डेक नेपालले आफ्नो स्थापनाकाल देखीनै विषेश गरी विपन्न,सिमान्तकृत,दलित समुदाय महिला तथा बालबालिबाहरुको समृद्धिका लागी प्रकृतिमैत्री पूर्वाधारको निमार्ण, शिक्षा, स्वास्थ्य, पानि, सरसफाई, उद्यम, पर्यटन र साँस्कृतिक विकासका गतिविधीहरु गरी समुहहरुलाई समान लाभहरु प्रदान गर्दै आईहरेको छ । गुणस्तरीय उद्पादन र आधुनिक संरचनाको निर्माण गर्दै ग्रामिण समुदायमा सम्मानजनक बढाउने, आर्थिक वृद्धि हासिल गर्ने कार्यक्रम श्रृजना गरी समृद्धिको आधारशिला निर्माण गर्न सहयोग पुगाउने लगाएतका उद्देश्यहरु संस्थाका रहेका छन् ।