सुनसरीका २०४ उद्योग खारेज

कालिकोट । सुनसरीमा ०८० । ८१ मा आर्थिक मन्दीका कारण बन्द भई नियमानुसार सञ्चालनमा आउन नसकेका साना तथा मझौला गरी २०४ उद्योग खारेज भएका छन्।घरेलु तथा साना उद्योग कार्यालय सुनसरीका प्रमुख हरि लामिछानेका अनुसार साना तथा मझौला गरी जिल्लामा करिब १८ हजार उद्योग तथा व्यवसाय सञ्चालनमा रहेका छन्।उनका अनुसार गत आवमा सुनसरीमा ५६६ नयाँ उद्योग थपिएका छन्। नयाँ उद्योग थपिँदा कार्यालयले १८ लाख ८६ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ।कार्यालयले उद्योगतर्फ १ करोड १ लाख ७४ हजार २६० रुपैयाँ, वाणिज्यतर्फ १ करोड १२ लाख ५७ हजार ५४० रुपैयाँ र बिक्री आयबाट ७० हजार रुपैयाँ गरी कूल २ करोड १५ लाख १ हजार ८ सय रुपैयाँ राजस्व सङ्कलन गरेको प्रमुख लामिछानेले जानकारी दिए।

 

error: Content is protected !!