भारतको केरलामा पहिरो जादा ९३ जनाको ज्यान गयो

कालिकोट । भारतमा भारी मनसुनी वर्षाले पहिरो जाँदा कम्तीमा ९३ जनाको ज्यान गएको छ। पहिरोमा परेका २५० जनाको उद्धार गरेको त्यहाँका अधिकारीले बताएका छन्।केरलाको दक्षिणी तटीय राज्य मुसलधारे वर्षाले त्रसित भएको छ भने वायनाड जिल्लाको प्रकोप क्षेत्रमा जाने बाटो अवरुद्ध भएकाले राहत कार्यमा कठिनाइ भएको छ।जिल्लाका धेरैजसो बासिन्दा सुतिरहेका बेला बिहानैदेखि लगातार दुईवटा पहिरोले जिल्लाका धेरैजसो सम्पदा प्रभावित भएका छन्।

 

error: Content is protected !!