लोकसेवा आयोगको ४६ पदमा परेन दरखास्त

कालिकोट । आर्थिक वर्ष २०७९। ८० मा लोक सेवा आयोगले मागेको ४६ पदमा दरखास्त परेको छैन।सार्वजनिक गरेको प्रतिवेदनमा नेपाल स्वास्थ्य मेडिसियन नेफ्रोलोजी, मेडिसिन कार्डियोलोजी, मेडिसियन पल्मोलोजी प्रमुख कन्सल्टेन्ट न्युरो सर्जन, आयुर्वेदतर्फको कौमार भृत्यलागयतका पदमा दरखास्त नपरेका हुन्।त्योभन्दा पनि अघिल्लो आव २०७७र७८ मा स्वास्थ्य सेवाका कन्सल्टेन्ट प्लास्टिक सर्जन, कन्सल्टेन्ट हेमाटोलोजिस्ट सर्जनलगायत ७७ पदमा पनि दरखास्त नपरेको लोक सेवा आयोगले जनाएको छ।लोक सेवाको वार्षिक प्रतिवेदनमा उल्लेख भए अनुसार आयोगले हरेक वर्ष सार्वजनिक गर्ने विभिन्न प्राविधिक सेवाका पदमा कुनै पनि दरखास्त पर्दैनन्। आयोगले सार्वजनिक गर्ने विज्ञापनसँग सम्बन्धित विषयका दक्ष जनशक्ति बजारमा नहुने र भइहाले पनि अध्ययनलगत्तै ती जनशक्ति बिदेसिने भएकाले धेरै प्राविधिक सेवाका पदमा दरखास्त नपरेको अनुमान आयोगको छ।

 

error: Content is protected !!