निरन्तर भारी वर्षा हुदा काठमाडौंका नदीमा जलसतह बढ्यो

कालिकोट । काठमाडौं उपत्यकामा गएरातिदेखि भारी वर्षा भइरहँदा नदीहरूमा जलसतह बढेको बताईएको छ।बागमती र यसका सहायक नदी हनुमन्ते, मनोहरा, धोबीखोला, विष्णुमती, नख्खु, बल्खुखोलालगायतमा जलसतह सतर्कता तहदेखि खतराको तह आसपास रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।खोलाको बाढी किनारको सडकसम्म आउने र बस्ती डुबानमा पर्नसक्ने देखिएकाले सडक किनारबाट यात्रा नगर्न विभागले आग्रह गरेको छ। बिहान १० बजेसम्म सुरक्षित स्थानमा रहन विभागले आग्रह गरेको छ।काठमाडौंको धोबीखोला, चाबहित र वाग्मती गौरीघाट जलमापन केन्द्रहरूमा जलसतहले सतर्कता तह पार गरेको विभागले जनाएको छ। यस्तै भक्तपुरको हनुमन्ते खोला जगाती जलमापन केन्द्रको जलसतह सतर्कता तह पार गरेको छ।

 

error: Content is protected !!