कालिकोट । जिल्लाको खाँडाचक्र नगरपालिका–३ ताडीमा श्री सरल जनजागरण कृषि सहकारी संस्थाको बैठक सम्पन्न भएको छ । सहकारी संस्थाका अध्यक्ष अस्मीता खत्रीको सभाअध्यक्षता इकोहिमाल नेपालका कार्यक्रम संयोजक जयकर्ण बुढाको प्रमुख आतिथ्यता, कार्यक्रम अधिकृत भत्त बहादुर शाहीको विशेष आतिथ्यता तथा सहकारी कार्य समितिका सम्पुर्ण पदाधिकारी, खाँडाचक्र नगरपालिको ११ वटै वडाका सहकारीका सदस्यहरु लगाएतको उस्थितिमा बैठक सम्पन्न भएको सरल जनजागरण कृषि सहकारी संस्थाका सचिव जनक आचार्यले बताएका छन् । सहकारी संस्थालाई इकोहिमाल नेपाल संस्थाबाट प्राप्त जगेडा (हित) कोष बापतको रु ९ लाख ५० हजार रकम लाई कसरी परिचालन गर्ने भन्ने बिषयमा निर्णय तथा राय सुझाव लिन, अनिवार्य मासिक बचत गर्न तथा आगामी दिन सहकारीलाई कसरी प्रभाबकारी बनाएर लैजाने भन्ने बिषयमा छलफल गर्न बैठक आयोजना गरीएको थियो । आज बसेको बैठेकबाट ब्यवस्थित रुपमा जगेडा कोष लगानी गर्ने, हाल सम्म वितरण गरीएका विरुवाहरुको अनुगमन गर्ने, आगामी दिन इकोहिमाल गर्ने विभिन्न काम कार्यहरु सहकारीको सुझाव अनुसार गर्ने, विउ विजन गरीद गर्दा गाँउकै अगुवा कृषक हरुले उद्पादन गरेका विउ विजन खरीद गर्ने लगाएतका महत्वपुर्ण निर्णय समेत गरीएको सचिव आचार्यले जानकारी दिएका छन् ।