जुम्लामा भदौ ५ गतेभन्दा अघी स्याउ नटिप्न गाउँपालिकाको आग्रह

कालिकोट । जुम्लाको तिला गाउँपालिकाले स्याउ बगैँचा धनी र स्याउ व्यापारीलाई आउँदो भदौ ५ गतेपछि मात्र स्याउ सङ्कलन गर्न आग्रह गरेको छ । गाउँ कार्यपालिकाको बैठकको निर्णयले वडा नम्बर १ देखि ९ सम्मका सबै स्याउ बगैँचा धनी र व्यापारीलाई भदौ ५ गतेभन्दा अघि स्याउ नटिप्न र निर्यात नगर्न अनुरोध गरेको हो ।पालिकाले जुम्लाबाट सुर्खेत, नेपालगञ्ज, बुटवल, नारायणगढ, काठमाण्डौ हुँदै देशका विभिन्न जिल्लाका सहरमा भदौ पहिलो हप्ता अगावै निर्यात गर्न नदिने निर्णय गरेको बताईएको छ ।

 

error: Content is protected !!