पाकिस्तानमा भूमिसम्बन्धी विवाद हुदा ४३ जनाको ज्यान गयो

कालिकोट । पाकिस्तानको कुर्रम जिल्लामा जनजातिहरूबीचको भूमिसम्बन्धी विवाद साम्प्रदायिक हिंसा हुँदा ४३ जनाको ज्यान गएको छ । ३० एकड अर्थात झण्डै एक सय कनाल जग्गाको स्वामित्वको विषयमा विवाद हुँदा अरु एक सय ५० भन्दा धेरै मानिस घाइते भएका छन् । यो विवाद बुसेहराका दुई गाउँमा बसोबास गर्ने आदिवासी बीचको हो ।अधिकारीहरुकाअनुसार ६ दिन अघि शुरु भएको लडाई कुर्रम जिल्लाका विभिन्न क्षेत्रमा फैलिएको छ । दशकौँदेखि भइरहेको कृषि भूमि विवादमा वार्ता गरिरहेको परिषद्मा एकजनाले गोली चलाएपछि साम्प्रदायिक हिंसा शुरू भएको हो ।

 

error: Content is protected !!