एसइई मौका परीक्षाको सम्पुर्ण तयारी पूरा

कालिकोट । माध्यमिक शिक्षा परीक्षा (एसइई)को पूरक परीक्षा (ग्रेडवृद्धि) का लागि सम्पुर्ण तयारी पूरा भएको छ । पूरक परीक्षा देशभर ५ सय ५० परीक्षा केन्द्र तोकिएका छन् । आगामी साउन २३ गतेदेखि हुने एसइई परीक्षा (ग्रेडवृद्धि) अर्थात् मौका परीक्षाको लागि उक्त परीक्षा केन्द्र तोकिएको हो । गएको २०८० साल चैत्र १५ गते देखि सञ्चालन भएको एसइई परीक्षामा नियमित परीक्षार्थीको रूपमा सम्मिलित भई ग्रेड प्राप्त गर्न नसकेका र अनुपस्थित भएका सबै परीक्षार्थीहरूका लागि पूरक (ग्रेडवृद्धि) परीक्षा साउन २३ गतेदेखि ३१ गतेसम्म सञ्चालन हुँदै छ । उक्त मौका परीक्षामा करिब दुई लाख विद्यार्थीहरू सहभागी हुने बताइएको छ ।

error: Content is protected !!