आज विश्व बाघ दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै

कालिकोट । आज विश्व बाघ दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ। बाघ संरक्षणको महत्त्वबारे जनचेतना फैलाउने उद्देश्यले हरेक वर्ष जुलाई २९ मा विश्व बाघ दिवस मनाउने गरिन्छ ।यो वर्ष नेपालमा ‘मानव बाघ सहअस्तित्व र समृद्धि’ भन्ने नाराका साथ यो दिवस मनाइँने भएको छ। दिवसका अवसरमा आयोजित कार्यक्रमलाई राष्ट्रिय बाघ संरक्षण समितिका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष सम्बोधन गर्ने कार्यक्रम छ। बाघ विश्वका १३ देशमा पाइन्छ, जसमा नेपाल पनि एक हो । नेपालमा बाघको संख्या बढेसंगै व्यवस्थापनमा चुनौती थपिनुका साथै मानिससँगको द्वन्द्व बढेको विज्ञको भनाइ छ।

 

error: Content is protected !!