निलम्बित भएका मुख्यसचिव अर्याल धरौटीमा रिहा

कालिकोट । भ्रष्टाचार मुद्दामा निलम्बित बनेका मुख्यसचिव वैकुण्ठ अर्याल धरौटीमा रिहा भएका छन् । विशेष अदालतले ५० हजार रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएलगत्तै अर्याल हिजो नै धरौटी बुझाएर रिहा भएका हुन् ।विशेष अदालतका अध्यक्ष टेकनाराण कुँवर, न्यायाधीशहरू रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले अर्यालको बयानपछि धरौटी माग गर्ने आदेश गरेको हो । तत्कालीन मुख्यसचिवसहित ११ जनाविरुद्ध असार ९ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

 

error: Content is protected !!