प्रतिनिधिसभाको बैठकमा आज बस्दै

कालिकोट । प्रतिनिधिसभाको बैठक आज बस्दैछ। बैठक संघीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे शुरु हुने भएको छ।बैठकमा स्वास्थ्य तथा जनसंख्या र कृषि तथा पशुपन्छी विकासमन्त्रीले सांसदका मौखिक प्रश्नको जवाफ दिने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।यस्तै सभामुख देवराज घिमिरेले संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति ( कार्यसञ्चालन) नियमावली, २०८० को नियम २८ को उपनियम २० बमोजिमको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिमा रहने सदस्यको नाम प्रस्ताव गर्ने कार्यसूची रहेको छ।

 

 

error: Content is protected !!