कालिकोट । बङ्गलादेशको एक विद्यार्थी समूहले आफ्ना नेतालाई आज हिरासतबाट रिहा नगरेमा प्रदर्शन पुनः शुरू गर्ने चेतावनी दिएको छ ।प्रहरी र अस्पतालबाट प्राप्त समाचार संस्था एएफपीको तथ्याङ्कअनुसार गएको हप्ता सरकारी जागिरमा आरक्षणविरुद्ध भएको आन्दोलनका क्रममा कम्तीमा दुई सय पाँच जनाको ज्यान गएको थियो । प्रधानमन्त्री शेख हसिनाको १५ वर्षे कार्यकालको यो सबैभन्दा ठूलो उथलपुथल हो ।सेनाको गस्ती र राष्ट्रव्यापी निषेधाज्ञा कर्फ्यु आदेश लागू भएको एक हप्ताभन्दा धेरै समय बितिसकेको छ । प्रहरीले विद्यार्थी नेताहरूसहित हजारौँ प्रदर्शनकारीलाई पक्राउ गरेको छ ।