कालिकोट । चितवनमा ६४ जना डेङ्गीका सङ्क्रमित भेटिएका छन् । तीन सय जनाको परीक्षणका क्रममा ६४ जनामा सङ्क्रमण देखिएको बताईएको छ ।जनस्वास्थ्य कार्यालय चितवनका प्रमुख दिनेश रुपाखेतीकाअनुसार यस वर्ष इच्छाकामना गाउँपालिकामा डेङ्गीको सङ्क्रमण बढेको छ । इच्छाकामना गाउँपालिकामा अहिलेसम्म ४५ जनामा डेङ्गीको सङ्क्रमण देखिएको उहाँले बताउनुभयो ।भरतपुर महानगरपालिकामा ६ जना रहेका छन् ।