ताइवानमा आँधीका कारण आठ जनाको ज्यान गयो

कालिकोट । ताइवानमा टाइफुन गेमी आँधीका कारण कम्तीमा आठ जनाको ज्यान गएको छ। केन्द्रीय आपतकालीन सञ्चालन केन्द्र सिइ ओसीको हिजो जारी सिइओसीको तथ्याङ्कअनुसार चक्रवातको कारण एकजना बेपत्ता हुनुका साथै ८६६ जना घाइते भएका छन्।चक्रवात ताइवान छोडी चिनमा पुगे तापनि, मध्य र दक्षिणी ताइवानमा अविरल वर्षा जारी रहने सञ्चारमाध्यम फोकस ताइवानले रिपोर्ट गरेको छ।आँधी प्रभावित क्षेत्रमा चक्रवातका कारण भएका विविध दुर्घटनामा परी मानिसहरुले ज्यान गुमाएको फोकस ताइवानले जनाएको छ।

error: Content is protected !!