विरामीको मृत्युपछि नोभा अस्पतालमा ढुंगामुढा

कालिकोट । विरामीको मृत्युको विषयमा ढुंगामुढा हुँदा कैलालीको धनगढी स्थित नोभा अस्पतालमा क्षति भएको छ।हिजो कञ्चनपुर बेलौरी नगरपालिका–२ का १७ वर्षीय नसिब चौधरीको मृत्यु भएपछि अस्पतालले लापरबाही गरेको आरोपमा आफन्तहरु आन्दोलित हुँदा उक्त घटना भएको हो।आन्दोलन चर्किएर ढुंगामुढा नै भएपछि स्थिति नियन्त्रमा लिन प्रहरीले अश्रुग्याँस हान्नुपरेको थियो। नेपाल प्रहरीका तर्फबाट ४ सेल अश्रुग्याँस प्रहार गरी अहिले स्थिति नियत्रणमा लिइएको धनगढी प्रहरीका प्रवक्ता, प्रहरी निरीक्षक गंगादत्त बडुले जानकारी दिए। सो क्रममा सशस्त्र प्रहरीबाट पनि केही सेल अश्रुग्याँस प्रहार गरिएको बताइएको छ।

 

error: Content is protected !!