लुम्बिनी प्रदेशका मुख्यमन्त्रीद्वारा खादा, माला, र अबिर नलगाउने निर्णय

कालिकोट । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री चेतनारायण आचार्यले भेट गर्न र बधाई दिन आउने व्यक्तिहरूबाट खादा, माला, अबिर नलगाउने निर्णय गरेका छन्।मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा उनको सचिवालयले खादा, माला, अबिर नलगाउन निषेध गरेको सूचना टाँस गरेको छ ।शपथ ग्रहण तथा पदभार ग्रहण गर्दा उनले खादा, माला पहिरिएको भएपनि अन्य दिनको भेटघाटमा यस्तो कार्य नगर्न सूचना जारी गरिएको उनको सचिवालयको भनाइ छ ।

 

error: Content is protected !!