कालिकोट । कैलालीमा पशु चौपाया छाडा छाड्ने प्रवृत्ति अझै हट्न सकेको छैन । पशु चौपाया दूध दिउन्जेल तथा उपयोग गरुन्जेल राख्ने तर उपयोग हुने अवस्था नरहेपछि जथाभाबी छाड्ने प्रवृत्ति कायमै रहेको छ । यसले यहाँका मुख्य बजार तथा बस्तीहरूमा चुनौती थपिँदै गएको छ ।पशु कल्याण समिति धनगढीका अध्यक्ष चेतराज अवस्थी फाइदा हुन्जेल पशु चौपायाको स्याहारसुसार गर्ने र काम नलाग्ने भएपछि जथाभाबी छाडने गरेकाले व्यवस्थापनमा निकै समस्या देखिन थालेको बताए ।