कालिकोट । बेलायत, अमेरिका र दक्षिण कोरियाले उत्तर कोरियाली ह्याकरहरुले परमाणु एवम् सैन्य मामिलासम्बन्धी गोप्य सूचना चोर्ने प्रयास गरेका आरोप लगाएका छन् । एन्डेरिअल एन्ड ओनिक्स स्लीट नामले चिनिने एउटा उत्तर कोरियाली ह्याकरहरुको समूहले विश्वभरिका सरकार तथा निजी कम्पनीलाई निसाना बनाइरहेको उनीहरुको दाबी रहेको छ ।उत्तरकोरियाको सैन्य तथा परमाणु कार्यक्रमको महत्वकांक्षालाई अघि बढाउन त्यहाँको सरकारकै लगानी र संरक्षणमा ह्याकरहरुले रक्षा, एरोस्पेस, पारमाणविक र इन्जिनियरिङ संस्थाहरूबाट सूचना चोर्न बारम्बार प्रयास गरेका अमेरिका, बेलायत र दक्षिण कोरियाले निकालेको संयुक्त विज्ञप्तीमा उल्लेख गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।