कालिकोट । सरकारले सुनको आयात सम्बन्धी विद्यमान व्यवस्थाको अध्ययन गर्ने भएको छ।नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले आर्थिक बर्ष २०८१र८२ को मौद्रिक नीति सार्वजनिक गर्दै उक्त जानकारी गराएका हुन्। उनका अनुसार चाँदी आयात सम्बन्धमा पनि पुनरावलोकन गरिने भएको छ।‘सुन आयात तथा बिक्रीवितरणसम्बन्धी विद्यमान व्यवस्थाका सम्बन्धमा अध्ययन गरिनेछ।सुनचाँदी व्यवसायीहरूले पछिल्लो समय सुनचाँदी व्यवसायसम्बन्धी कार्यविधि बनाउनुपर्ने माग गर्दै आएका छन्। नेपाल सुनचाँदी व्यवसायी महासंघ, नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघ र नेपाल हस्तकला महासंघमा आवद्ध व्यवसायीहरूले प्रष्ट मापदण्ड तयार गरी लागू गर्न माग गरेका छन्।