आज चालु आर्थिक वर्ष २०८१।८२ को मौद्रिक नीति सार्वजनिक हुने

कालिकोट । चालु आर्थिक वर्ष २०८१ ।८२ को मौद्रिक नीति आज सार्वजनिक हुने भएको छ। सञ्चालक समितिको बैठक बसेर मौद्रिक नीति सार्वजनिक गर्ने तयारी भएको राष्ट्र बैंकका सहायक सूचना अधिकारी डा.भागवत आचार्यले जानकारी दिएका छन्।राष्ट्र बैंकले अघिल्लो वर्ष साउन ७ गते मौद्रिक नीति सार्वजनिक गरेको थियो। यो वर्ष पनि साउन ४ गते नै मौद्रिक नीति सार्वजनिक गर्ने भनिए पनि प्रधानमन्त्री केपी शर्मा ओलीका आर्थिक सल्लाहकार युवराज खतिवडाले अध्ययन गर्ने भनेपछि रोकिएको थियो।

 

error: Content is protected !!